सुन चाँदीको भाउ मंगलबार कति ?


मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार एक सय रुपैयाँले बढेको सुनको भाउ मंगलबार स्थिर रहेको हो । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, मंगलबार चाँदी १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ४०५ दशमलव ५४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर १३ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।