इन्फिनिटी लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?


इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।

कम्पनीले प्रबन्धक, नायव प्रबन्धक, सहायक प्रबन्धक पदको व्यवस्थापकीय श्रेणी र व्यवस्थापन प्रशिक्षार्थी पदको अधिकृत श्रेणीमा केही संख्यामा आवेदन खुलाएको हो । प्रबन्धकको लागि कुनै पनि विषयमा स्नातकोत्तर एसिसिए तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रको अधिकृत तहमा कम्तीमा ३ वर्ष काम गरेको वा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रको अधिकृत तहमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्नेछ ।

नायव प्रबन्धक र सहायक प्रबन्धकको लागि सिए वा एसिसिए\कुनै पनि विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रको अधिकृत तहमा कम्तीमा २ वर्ष अनुभव भएको वा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रको अधिकृत तहमा कम्तीमा ४ वर्ष अनुभव भएको हुनुपर्नेछ ।

व्यवस्थापन प्रशिक्षार्थीका लागि स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन पाउनेछन् । उमेरको हकमा व्यवस्थापकीयका लागि २१ वर्ष पूरा भई ५५ ननाघेको र अधिकृतका लागि २१ वर्ष पूरा भई ४० ननाघेको हुनुपर्नेछ । उक्त योग्यता पुगेका इच्छुक व्यक्तिले साउन २२ गते कार्यालय समयभित्र आवश्यक पर्ने कागजात सहित कम्पनीको वेभसाईट बाट आवेदन दिनुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।