यामाहा एरोक्स १५५ द्वारा काठमाण्डौंदेखि लद्दाख सम्मको यात्रा सम्पन्न


सोलो ट्राभल अवशिस ओझाले आफ्नो यामाहा एरोक्स १५५ स्कुटरको साथ काठमाण्डौंदेखि भारतको लद्दाखसम्मको एकल यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् । उनले केवल ११ दिनमा ५०००ं किलोमिटर भन्दा बढी यात्रा गरेका थिए ।

ओझाले यात्रा दौरान साहस, जोस र अटल सङ्कल्पलाई आफ्नो दृढ सङ्कल्प र प्रमाणको रूपमा खडा गरेका थिए। आफ्नो यात्राको क्रममा, उनले विभिन्न भूभाग र मौसमको सामना गर्दै उक्त ठाउँको रोमाञ्चक र अद्भुत प्राकृतिक परिदृश्यहरूसँग आफूलाई जोड्दै ती सुन्दर ठाउँहरूलाई गहिरो रूपमा आत्मसात् गरेका थिए। यो कठिन यात्रामा, यामाहा एरोक्स १५५ ले असाधारण, अद्वितीय पर्फर्मेन्सको उदाहरण प्रस्तुत गर्नुका साथै आफूलाई बलियो र भरपर्दो साथीको रूपमा प्रमाणित गर्‍यो। एरोक्स १५५ स्कुटरमा रहेको एडभान्स लिकउइड कुल्ड इन्जिनले लद्दाखको उच्च स्थानमा पनि आफ्नो दक्षता प्रस्तुत गर्‍यो ।

यसको चुस्त ह्यान्डलिङ र आधुनिक एफआई प्रविधिले श्री ओझालाई घुमाउरो पहाडी सडकहरूमा सहज र स्थिरताका साथ यात्रा गर्न सजिलो बनाएको थियो। यसको अतिरिक्त, स्कुटरको आरामदायी सिट र एर्गोनोमिक डिजाइनले बिना कुनै झन्झट र थकान बिना पनि घण्टौँ समय सम्म यात्रा गर्न सक्ने कुराको सुनिश्चितता गर्‍यो। एरोक्स १५५ मा सिटको मुनि आवश्यक सामान बोक्न सक्ने भण्डारण थियो, जबकि उन्नत ब्रेकिङ प्रणालीले ठाडो उकालो र कठिन भू(भागहरूको सामना गर्न आत्मविश्वास र सुरक्षा प्रदान गर्‍यो।

एम ए डब्लू राइदकी सी यम ओ पुनम सिंहले ओझाको उपलब्धि र एरोक्स १५५ को प्रशंसा गर्दै भने, ‘यो उल्लेखनीय यात्रा पूरा गरेकोमा अवशीस ओझाप्रति हामी असाध्यै गौरवान्वित छौँ। एडभान्स लिकउइड कुल्ड इन्जिन, आधुनिक टेक्नोलोजी र एर्गोनोमिक डिजाइन जस्ता सुविधाहरूले अवशीसको सफल अभियानले स्कुटरको क्षमतालाई हाइलाइट गर्दछ र सबै उत्साहीहरूलाई उनीहरूको कम्फर्ट जोन भन्दा बाहिर गएर विभिन्न चुनौतीपूर्ण भू-भागहरूको सामना गर्न प्रेरित गर्दछ र एरोक्स १५५ को वास्तविक क्षमतालाई देखाउँदछ ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।