बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढ्यो


बुधबार सुनको भाउ प्रतितोला १ हजार १ हजार रुपैयाँले बढेको छ । मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार १ हजार १०० रुपैयाँले बढेको हो ।

 बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदी १ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ४१६ दशमलव ६९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर २९ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।