कामना सेवा विकास बैंकको वित्तीय विवरणमा देखियो उल्लेख्य सुधार

0
Shares

कामना सेवा विकास बैंकले ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आव २०८०/८१ को चौथौ त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै अघिल्लो आवको सोही अवधिको तुलनामा ६६.९३ प्रतिशतले नाफा बढाएको उल्लेख गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी, रिटेन्ड अर्निङ, खुद शुल्क तथा कमिशन आम्दानी, संचालन आम्दानी लगायत बढेपछि नाफामा उल्लेखीय सुधार आएको हो । साथै बैंकको इम्प्येरमेन्ट चार्ज घटेकाले पनि नाफामा बढोत्तरी आएको हो ।

अघिल्लो आवको चौथौ त्रैमाससम्म २ अर्ब ६ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । खुद शुल्क र कमिशन आम्दानी २४ करोड १६ लाख रुपैयाँबाट बढेर २६ करोड ९२ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी पनि २१.२९ प्रतिशतले बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै बैंकको रिटेन्ड अर्निङ ५७८.३६ प्रतिशतले वृद्धि भएर ३५ करोड ७८ लाख रुपैयाँ कायम भएको छ । बैंकको वितरणयोग्य मुनाफामा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य मुनाफा ३० करोड २९ लाख रुपैयाँ रहेको छ। त्यस्तै, बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ३७ पैसा बढेर १८ रुपैयाँ ३८ पैसा पुगेको छ।

बैंकले इम्प्येरमेन्ट चार्जको रुपमा ३० करोड ४० लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवको सोही अवधिका लागि भने बैंकले ५२ करोड २६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका रुपमा छुट्टाएको थियो ।

बैंकको खराब कर्जा अनुपात भने केहि बढेको छ । अघिल्लो आवको चौथौ त्रैमाससम्म ३.०९ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ३.२१ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको ईपीएसमा सुधार आएको छ । ईपीएस ११.०१ रुपैयाँबाट बढेर १८.३८ रुपैयाँ कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १६४.४८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ४९.१६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.६३ गुणा र तरलता अनुपात २४.६९ प्रतिशत कायम भएको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ४८ पैसा रहेको छ।

३ अर्ब २८ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ११ करोड ५६ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंकले ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकले रिजर्भको आकार पनि १ अर्ब ४० करोड रुपैयाँबाट बढाएर १ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।