अमेरिकी डलरको भाउ बिहीबार पनि उच्च बिन्दुमा


अमेरिकी डलरको भाउ बिहीबार पनि उच्च बिन्दुमा पुगेको छ । बुधबार उच्च बिन्दुमा पुगेको डलरको मूल्यले आज फेरी नयाँ रेकर्ड बनाएको हो ।

बिहीबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसामा कारोबार भइरहेको छ । बुधबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ६१ पैसा र बिक्री दर १३४ रुपैयाँ २१ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोको खरिद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १४५ रुपैयाँ ५४ पैसामा कारोबार भइरहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६५ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ५२ पैसा र बिक्री दर १७३ रुपैयाँ ३० पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २३ पैसा र बिक्री दर ८८ रुपैयाँ ६३ पैसा रहेको छ ।.

बिहीबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा र बिक्री दर २८ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ६३ पैसा र बिक्री दर ३५ रुपैयाँ ७९ पैसा रहेको छ । बिहीबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७० पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।