सुनको भाउ एकैदिन प्रतितोला २ हजार ४०० रुपैयाँले घट्यो


बिहीबार सुनको भाउ प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको छ । बुधबार १ हजार १०० रुपैयाँले बढेको सुनको भाउ बिहीबार २ हजार ४०० रुपैयाँले घटेको हो ।

बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार ७०० कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदी १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३७६ दशमलव २९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर ९२ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।