बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न सूर्योदय वोमीले डाक्यो साधारण सभा


सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । लघुवित्तले शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण आह्वान गरेको हो।

लघुवित्तले बाह्रौँ वार्षिक साधारण सभा साउन ३२ गते, शुक्रबार, महालक्ष्मी नगरपालिका वडा नं। ८, लुभु स्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्ग सेण्टरको सभाहलमा बोलाएको हो । । उक्त सभा दिउँसो साढे १२ बजे शुरु हुनेछ।

सभाले लघुवित्तको एफपीओ निष्काशनपश्चात कायम चुक्ता पूँजीको १४.००५१४३ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले साउन २४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार साउन २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। एफपीओ शेयर प्राप्त गरेका शेयरधनीहरुले पनि लघुवित्तको बोनस शेयर पाउने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।