कैलाली भन्सारद्वारा १ वर्षमा ७ अर्ब ९१ करोड राजस्व संकलन

0
Shares

कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा ७ अर्ब ९१ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयलाई गत आवमा ११ अर्ब ५८ करोड २४ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य दिइएको थियो ।

भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार सवारीसाधान, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, हार्डवेयरका सामान, खाद्यान्न, तरकारी, कपडालगायतका सामानको आयात घटेकाले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकिएको हो ।

आव २०८०/८१ मा भन्सार महसुलबापत रु। तीन अर्ब एक करोड, मूल्य अभिवृद्धि करबापत तीन अर्ब १७ करोड, अन्तः शुल्क बापत २० करोड ४४ लाख र अन्य शुल्क बापत एक अर्ब ५२ करोड राजस्व सङ्कलन भएको उनले बताए ।

भन्सार कार्यालयले आव २०८०/८१ मा लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयको तथ्याङ्क अनुसार आव २०७९/८० मा रु। आठ अर्ब २९ करोड राजस्व सङ्कलन गरेको थियो । आव २०७८/७९ मा रु। नौ अर्ब ५८ करोड राजस्व असुली भएकामा आव २०७७/७८ मा आठ अर्ब ८४ करोड सङ्कलन भएको थियो ।

यसैगरी, आव २०७६/७७ मा कोभिड–१९ महामारीका कारण चार अर्ब ९२ करोड मात्रै राजश्व सङ्कलन भएको थियो भने आव २०७५/७६ मा पाँच अर्ब १९ करोड सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।