दुई दिन लगातार रेकर्ड बनाएको डलरको भाउमा सामान्य गिरावट


दुई दिन लगातार रेकर्ड बनाएको डलरको भाउमा शुकबार सामान्य गिरावट आएको छ । शुक्रबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ६२ पैसा र बिक्री दर १३४ रुपैयाँ २२ पैसामा कारोबार भइरहेको छ ।

बिहीबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसामा कारोबार भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोको खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसामा कारोबार भइरहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ०४ पैसा र बिक्री दर १७२ रुपैयाँ ८१ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ १५ पैसा र बिक्री दर ८८ रुपैयाँ ५४ पैसा रहेको छ ।.

शुक्रबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६६ पैसा र बिक्री दर २८ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ६२ पैसा र बिक्री दर ३५ रुपैयाँ ७८ पैसा रहेको छ । शुक्रबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७२ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।