सुनको मूल्य दुई दिनमा प्रतितोला १४०० रुपैयाँले बढ्यो


सुनको मूल्य दुई दिनमा प्रतितोला १ हजार ४०० रुपैयाँ बढेको छ । आइतबार प्रतितोला १००० रुपैयाँले बढेको सुनको भाउ सोमबार ४०० रुपैयाँले बढेको हो ।

सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४५ हजार कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ३९४ दशमलव ४१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ डलर ०९ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।