मंगलबार सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


मंगलबार सुनको भाउ प्रतितोला १०० रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ४०० रुपैयाँले बढेको सुनको भाउ मंगलबार १०० रुपैयाँ घटेको हो ।

मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४५ हजार ४०० कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३८६ दशमलव ८५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर ९१ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।