बुधबार सुनको भाउ प्रतितोला १८ सय रुपैयाँ बढ्यो


बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँ बढेको छ । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४५ हजार ३०० कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदी १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ४१६ दशमलव ८९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ डलर ५७ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।