सुनको भाउ बिहीबार प्रतितोला १६ सय रुपैयाँले बढ्यो


बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदी १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ४१६ दशमलव ८९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ डलर ५७ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।