एनआईसी एशिया म्युचुअल फण्डका बन्दमुखी योजनाहरुको लाभांश घोषणा


एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी योजनाहरुले लाभांश घोषणा गरेको छ।

करसहित एनआईसी एशिया सेलेक्ट ३० का इकाईधनीहरुलाई १४ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका इकाईधनीहरुलाई १०.५० प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीहरुलाई ९.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। त्यस्तै, एनआईसी एशिया ब्यालेन्स्ड फण्डका इकाईधनीहरुलाई ९.२५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ।

साउन १७ गते बसेको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । यी फण्डहरुको कोष प्रबर्द्धक एनआईसी एशिया बैंक लिमिटेड रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।