एनआईसी एसिया लघुवित्तले नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक सेयर बिक्री गर्दै


एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नाममा रहेको १ लाख ८ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयरमा संस्थापक सेयरधनी लगायत अन्य व्यक्ति, संस्था वा कम्पनीले पनि आवेदन दिन सक्ने छन् । लघुवित्तले यसअघि सेयर बिक्रीको लागि संस्थापक सेयरधनीहरुदाई ३५ दिनको समय दिएको थियो ।

३५ दिनभित्र सेयरमा आवेदन नपरेको भन्दै लघुवित्तले उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गर्ने जनाएको हो ।

सर्वसाधारण लगानीकर्ताले उक्त सेयर खरिदको लागि ७ दिन भित्र आवश्यक कागजात संलग्न गरी बैंकको रजिष्टर्ड कार्यालय काठमाडौं १० बानेश्वर स्थित कानून विभागमा लिखित आवेदन दिन सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।