महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा दिने


महालक्ष्मी विकास बैंकले कर्जा ग्राहकलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, व्यावसायिक कर्जा, सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा ९.९९ प्रतिशतमा प्रदान गर्ने भएको छ ।

बैंकले घर कर्जाअन्तर्गत आवासीय–व्यापारिक घर–जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप–पुनर्निर्माणरमर्मत–सम्भार गर्न न्यूनतम दुई वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी पाँच करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्ने जनाएको छ ।

त्यस्तै, साना तथा मझौला व्यवसायीको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न एक वर्षदेखि १५ वर्षको अवधिसम्मका लागि व्यावसायिक कर्जा प्रदान गर्नेछ ।

बैंकका अनुसार इभीको मागलाई लक्षित गर्दै भ्याट बिल वा कोटेसन मूल्यमध्येको जुन कम हुन्छ, त्यसको ८० प्रतिशतबराबरको कर्जा प्रदान गरिनेछ । ग्राहकले यसअन्तर्गत तीन करोड रुपैयाँसम्मको कर्जा लिन सक्नेछन् । साथै, इभीबाहेकको अन्य सवारीमा कोटेसन मूल्यको ५० प्रतिशतसम्म कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।