छापावाला सुन हालसम्म कै उच्च मूल्यमा, शुक्रबार कतिमा हुँदैछ कारोबार ?


शुक्रबार छापावाला सुनको मूल्य हालसम्म कै उच्च बिन्दुमा कारोबार भइरहेको छ । बिहीबार १६ सय रुपैयाँले बढेको सुन शुक्रबार ५०० रुपैयाँले बढेसँगै भाउ उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार २२ क्यारेटको सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार २२ क्यारेटको सुन १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदी १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ४५७ दशमलव ३२ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ डलर ८५ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।