कमजोर अमेरिकी आर्थिक आँकडाका कारण सुनको मूल्य यो साता प्रतितोला ४२ सय रुपैयाँले बढ्यो


यो साता सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

मध्यपूर्वमा बढ्दो तनाव, केही कमजोर अमेरिकी आर्थिक आँकडा र फेडरल रिजर्भको कमजोर कमजोरीका कारण सुनको मूल्य उच्च रहेको बिश्लेषकहरुले बताएका छन्।

नेपाली बजारमा पनि यो साता सुनको मुल्यले नयाँ रेकर्ड कायम गर्यो । साताको पहिलो दिन आइतबार प्रतितोला एक लाख ४५ हजार ७०० रुपैयाँ रहेको सुनको मूल्य साता भरको उतार चढाव पश्चात साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला एक लाख ४९ हजार ९०० रुपैयाँ पुग्यो । यो मुल्य हालसम्मकै उच्च हो ।

यो साता मात्र सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेको छ ।

यस्तै, साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला एक हजार ७४० रुपैयाँ चाँदीको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला एक हजार ७ सय ९५ रुपैयाँ कायम भएको छ ।

साताको चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँ बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।