सिटिजन्स बैंकको निक्षेप–कर्जा तथा पुँजी कोषमा सुधार, वितरणयोग्य मुनाफा ६१.६१ करोड

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ मा निक्षेप तथा कर्जा लगानी र पुँजी कोषमा सुधार गरेको छ । बैंकको जगेडा कोषमा वृद्धि हुँदा प्रतिसेयर नेटवर्थमा समेत सुधार आएको छ ।

यद्यपी बैंकको बढेको खराब कर्जाको कारण नोक्सानी व्यवस्थापन बढ्दा इम्पेरिमेन्ट चार्ज अघिल्लो आवको सोही अवधिको तुलनामा ४५.११ प्रतिशतले बढेर १ अर्ब ७६ करोड ५२ लाख पुगेको छ । बैंकको खराब कर्जा अनुपात अघिल्लो आवमा ३.३९ रहेकोमा २०८१ असार मसान्तमा ४.०७ प्रतिशतमा पुगेको छ ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी २.४४ प्रतिशतले संकुचन आई ५ अर्ब ६८ करोड ६१ लाख कायम भएको बैंकको खुद नाफा समीक्षा अवधिमा २७.९७ प्रतिशतले घटेर १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा बैंकले १ अर्ब ८६ करोड ३७लाख रुपैयाँ रूपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रूपैयाँ रहेको सिटिजन्स बैंकको वार्षिक प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४५ पैसा रहेको छ । बैंकको जगेडा कोषमा ६ अर्ब ७४ करोड ८ लाख ३८ हजार रुपैयाँ सञ्चित छ । बैंकको निक्षेप संकलन १२.०७ प्रतिशतले बढेर १ खर्ब ८९ अर्ब २१ करोड ६७ लाख रूपैयाँ पुगेको छ भने कर्जा लगानी रकम पनि ९.६५ प्रतिशतले बढेर १ खर्ब ५३ अर्ब ३२ करोड ९१ लाख रूपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई क्यापिटल बफर लागू गर्दै पुँजीकोष वृद्धिको नीति लिँदै गर्दा बैंकको गत आवको तुलनामा बैंकको पुँजी कोष अनुपात बढेको छ । गत आवको असार मसान्तमा १२.१२ प्रतिशत रहेको बैंकको पुँजीकोष अनुपात १३.१३ प्रतिशत कायम भएको हो । यसले केन्द्रीय बैंकको नीति अनुसार बैंकले आफूलाई पुँजीकोषमा सबल बनाउको देखिन्छ ।

साथै सिटिजन्सको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) यस अवधिमा घटेर ८१.८४ प्रतिशत कमायम भएको छ । अघिल्लो आवमा सीडी रेसियो ८२.४० प्रतिशत थियो । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन लागत घटेर ६.३२ प्रतिशत रहँदा आधारदर एकल अंकमा झर्दै ८.२६ प्रतिशत कायम भएको छ ।

यस्तैगत आवमा बैंकको वितरणयोय मुनाफा ६१ करोड ६१ लाख ६३ हजार कायम भएको छ । अघिल्ला आवमा ८४ करोड ६९ लाख ८९ हजार रुपैयाँ थियो । बैंकको जगेडा कोषमा ६ अर्ब ७४ करोड ८ लाख, कर्मचारी खर्च १ अर्ब ८८ करोड १४ लाख रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ७ करोड ७८ लाख रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।