निर्जीवन बीमा व्यवसायको आकार ४१ अर्ब १७ करोड, दि ओरियन्टलको सर्वाधिक बढ्यो

0
Shares

गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासम्ममा ४१ अर्ब १७ करोड १३ लाख ६३ हजार रुपैयाँ बराबरको निर्जीवन बीमा व्यवसाय भएको छ । सञ्चालनमा रहेका चौध निर्जीवन बीमकहरुले २८ लाख ४९ हजार ९३४ ओटा बीमालेख बिक्रीबाट उक्त रकम बराबरको बीमाशुलक संकलन गरेका हुन् ।

अघिल्लो आव २०७९/८० मा निर्जीवन बीमा कम्पनीहरुले ४० अर्ब २१ करोड २१ लाख ६७ हजार रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका थिए । कम्पनीहरुले यस अवधिमा २७ लाख ९२ हजार ५१३ ओटा बीमालेख बिक्री गर्दै उक्त रकम संकलन गरेका थिए । समीक्षा अवधिमा बीमालेख संख्या ५७ हजार ४२१ ओटाले बढ्दा निर्जीवन बीमा व्यवसाय २.३९ प्रतिशतले वृद्धि भएको हो ।

गत आवको असार महिनामा मात्रै २ लाख ४१ हजार १४२ ओटा बीमालेख बिक्रीबाट ४ अर्ब ८४ करोड १३ लाख ८० हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । अघिल्लो आवको असार महिनामा मात्रै ४ अर्ब १ करोड ३३ लाख २८ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको थियो । अघिल्लो आवको असार महिनाको तुलनामा कम्पनीहरुको बीमाशुल्क आर्जन २०.६३ प्रतिशतले वृद्धि भएको हो ।

व्यवसायमा शिखर पहिलो र वृद्धिदरमा ओरियन्टल अग्रस्थानमा

नेपाल बीमा प्राधिकरणको तथ्थांक अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्स सबैभन्दा शीर्ष स्थानमा रहेको छ । कम्पनीले उक्त आर्थिक वर्षमा ५ अर्ब ४७ करोड २ लाख ५० हजार रुपैयाँको बीमा शुल्क संकलन गरेको हो । अघिल्लो आवमा ५ अर्ब ३१ करोड ६१ लाख २१ हजार रुपैयाँ संकलन गरेकोमा शिखरको व्यवसाय २.९० प्रतिशतले बढेको हो ।

यसैगरी दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कुल बीमाशुल्क संकलन ४ अर्ब ७८ करोड ८१ लाख ६७ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा कम्पनीको बीमाशुल्क ४.५० प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा कम्पनीले ४ अर्ब ५८ करोड २० लाख रुपैयाँ थियो ।

यसैगरी तथ्यांक अनुसार गत आर्थिक वर्षमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब १७ करोड ७१ लाख ७२ हजार रुपैयाँ संकलन गरेको छ । अघिल्लो आवमा ४ अर्ब ४२ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको यस कम्पनीको व्यवसाय ५.६४ प्रतिशतले घटेको हो । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आवमा ३ अर्ब ७२ करोड २९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ११ प्रतिशत धेरै हो । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ३५ करोड ४० लाख रुपैयाँ संकलन गरेको थियो ।

समीक्षा अवधिमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ६५ करोड ६ लाख ४९ हजार रुपैयाँ र नेको इन्स्यारेन्सले ३ अर्ब १४ करोड १० लाख ८३ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा आइजीआई प्रुडेन्सियलको बीमाशुल्क संकलन ७.७६ प्रतिशत र नेको इन्स्यारेन्सको ७.४८ प्रतिशतले बढेको हो ।

यसैगरी आर्थिक वर्ष २०८०/८१ मा युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ७२ करोड ७२ लाख ६६ हजार रुपैयाँ, सानिमा जिआइसीले २ अर्ब ६१ करोड ८५ लाख १३ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ५५ करोड २७ लाख ९० हजार रुपैयाँ र दि ओरियन्टल इन्स्योरेन्सले २ अर्ब १६ करोड १४ लाख ६० हजार रुपैयाँ बीमाशुलक संकलन गरेको छ । अघिल्लो आवको तुलनामा युनाइटेड अजोड इन्स्योरेन्सको व्यवसाय २०.२३ प्रतिशतले घटेको हो भने दि ओरियन्टल इन्स्योरेन्सको सबैभन्दा धेरै ४४.१५ प्रतिशतले बढेको हो । एनएलजीले ६.१२ प्रतिशत तथा सानिमा जीईआईसीको १२.६५ प्रतिशतले गत आर्थिक वर्षमा व्यवसाय बढेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा प्रभु इन्स्योरेन्सको व्यवसाय ७.१८ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ७७ करोड ७९ लाख ४८ हजार रुपैयाँ पुगेको छ । यस्तै सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय निर्जीवन बीमा कम्पनीमध्ये कै धेरै ३१.१९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ५९ करोड ४० लाख ६७ हजार रुपैयाँ छ । जबकी अघिल्लो आवमा कम्पनीले २ अर्ब ३१ करोड ७ लाख २० हजार रुपैयाँ प्रिमियम उठाएको थियो ।

नेपाल इन्स्योरेन्सको प्रिमियम सामान्य बढेको छ। अघिल्लो आवको तुलनामा कम्पनीले ०.२८ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ५९ करोड ३ लाख ५६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । यस्तै सबैभन्दा कम बीमाशुल्क संकलन गरेको यस कम्पनीले १ अर्ब १९ करोड ८७ लाख ३६ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा २.३९ प्रतिशत धेरै हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।