कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा


कामना सेवा विकास बैंक लिमिटेडले ८७ हजार २९७ कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुको लागि सेयर बिक्रीमा ल्याएको हो ।

शेयरको न्युनतम मुल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको हुंदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । एकै व्यक्ति वा कम्पनीले एक भन्दा बढि मूल्यमा शेयर खरीदका लागि आवेदन दिन चाहेमा भिन्दाभिन्दै शिलबन्दी खाम भित्र आवेदन दिनुपर्नेछ ।

बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ । धेरै केरमेट भई कबोल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिईने छैन । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको व्यहोरालाई मान्यता दिइनेछ ।

कम्पनीको विद्यमान शेयरधनीले शेयर खरिदको लागि आवेदन पेश गरेको अवस्थामा शेयरधनी नम्बर उल्लेख गर्नुपर्नेछ । शेयर आवेदन फाराम नेपाली तथा अंग्रेजी भाषामा पूर्ण रुपले भरी बोलपत्रदाताले बोलपत्र आवेदन साथ आफुले खरीद गर्न चाहेको शेयरको जम्मा मूल्यको सम्पूर्ण रकम लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको नाममा लक्ष्मी सनराईज बैंक लिमिटेड, कमलपोखरी, काठमाण्डौ मा रहेको खाता नं. ०६९०४३०२३६७०१००१ मा धरौटी बापत जम्मा गरेको सक्कल नगद भौचर संलग्न गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ भने सो भन्दा बढीको लागी १० को गुणनमा वा सम्पूर्ण कित्ता खरिदको लागि आवेदन दिन पाइने छ । ५ लाखसम्मको आवेदन दिनेले स्वेच्छिक रुपमा र ५ लाख रुपैयाँ भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नं. आवेदन फाराममा उल्लेख गर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।