लक्ष्मी सनराइजको खुद नाफा ३२.७९ प्रतिशतले बढ्यो


लक्ष्मी सनराइजको खुद नाफा ३२.७९ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी १०३.९७ प्रतिशतले बढेर ११ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ९४.६६ प्रतिशतले बढेर १ अर्ब ९१ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ९०.५० प्रतिशत र सञ्चालन मुनाफा ३५.९९ प्रतिशत बढेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर १३ रुपैयाँ ९ पैसा पुगेको छ।

असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १३.३७ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २८ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५५ पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी २३ अर्ब १८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।