सनराइज बैंकको ४८ औं शाखारहित बैंकिङ्ग सेवा खैरहनी चितवनमा

0
Shares

सनराइज बैंक (SRBL) ले खैरहनी नगरपालिका–१३, गवै चितवनमा ४८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा खैरहनी नगरपालिकाका उप-प्रमुख सुनिता खरेल थपलिया, सोही नगरपालिकाका वडा नं १२ र १३ का अध्यक्ष टिकाराम तिमिल्सिना र बलकुमार उप्रेतीको उपस्थितिमा उद्घाटन भयो ।

सोही कार्यक्रममा खैरहनी नगरपालिकाका उप-प्रमुख श्रीमती सुनिता खरेल थपलियाले बैंकिङ्ग सेवाका प्रतिनिधि ध्रुब कुमार बस्नेतलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे शाखारहित बैंकिङ्ग सेवा संचालन गरिएको बैंकले जनाएको छ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ । यस सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ ।

हालसम्म सनराइज बैंकले १३० वटा शाखा,४८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि बैकिङ्ग सेवा संचालन गर्दैजाने योजना रहेको जनाइएको छ ।