सुनको भाउ एकैदिन प्रतितोला २३ सय रुपैयाँ घट्यो


सुनको भाउ एकैदिन प्रतितोला २३ सय रुपैयाँ घटेको छ । सोमबार प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको भाउ मंगलबार प्रतितोला २ हजार ३०० रुपैयाँ घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, मंगलबार चाँदी १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य सोमबार चाँदी १ हजार ७८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ४०९ दशमलव ०४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर २२ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।