मुग्लिन–मलेखु सडक अवरुद्ध


पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पञ्छाएर सुचारु रुपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताए । सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई पन्छाउन केही समय लाग्ने उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।