सुनको भाउ दुई दिनमा प्रतितोला ३७ सय रुपैयाँ घट्यो


सुनको भाउ दुई दिनमा प्रतितोला ३७ सय रुपैयाँ घटेको छ । मंगलबार प्रतितोला २ हजार ३०० रुपैयाँ घटेको सुनको भाउ बुधबार १४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदी १ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य मंगलबार चाँदी १ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ३९३ दशमलव ५६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर २५ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।