ज्योति विकास बैंकको नाफा ६४.७६ प्रतिशतले बढ्यो

0
Shares

ज्योति विकास बैंक (JBBL) ले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमाससम्ममा २८ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा ६४.७६ प्रतिशतले धेरै हो।

गत वर्ष यही अवधिसम्म बैंकले १७ करोड ४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । ६ महिनासम्म बैंकको वितरणयोग्य मुनाफा १५ करोड ९३ लाख रुपैयाँ छ। बैंकले ६ महिनाको अवधिमा ४० करोड १३ लाख सञ्चालन मुनाफा गरेको छ ।

२९ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले समीक्षा अवधिसम्म ७३ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

बैंकको चुक्ता पूँजी ३ अर्ब ४९ करोड छ । जसले जगेडा लगायतका कोषमा ७८ करोड बराबरको रकम जम्मा गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १६.०७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०.०२ गुणा छ। बैंकको खराब कर्जा भने सामान्य बढेको छ। बैंकले कस्ट अफ फण्ड, आधार दर समेत घटाएको छ ।