एचआईडिसिएलले १ अर्बले बढायो ऋण लगानी, ब्याज आम्दानी घट्दा नाफामा १ करोड बढीको गिरावट

0
Shares

हाईड्रोइलोक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL) चालु आवको दोस्रो त्रैमासमा कम्पनीले २ अर्ब ८६ करोड ३२ लाख ६ हजार रुपैयाँ जलविद्युत आयोजनाहरुमा लगानी गरेको छ । जुन गत आवको यसै अवधिको तुलनानमा १ अर्ब ४ करोड २३ लाख ८७ हजार रुपैयाँ बढी हो। गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब ८२ करोड ८ लाख १९ हजार बराबरको रकम लगानी गरेको थियो।

गत आवको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा यस अवधिसम्ममा १ करोड ३५ लाख ९९ हजार ६२२ रुपैयाँले घटेको छ। पुस मसान्तसम्ममा कम्पनको नाफा ५५ करोड ३६ लाख २१ हजार ७९० रुपैयाँमा सीमित भएको छ। गत आवको यसै अवधिमा कम्पनीले ५६ करोड ७२ लाख २१ हजार ४१२ रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको बैंक तथा वित्तीय संस्थाहरुमा गर्ने आवधिक बचत (टर्म डिपोटिज) मा लगानी घटेसँगै सोबाट प्राप्त हुने ब्याज आम्दानी घट्दा नाफा प्रभावित भएको हो। चालु आवको दोस्रो त्रैमासमा कम्पनीको टर्म डिपोजिट २६ करोड ९९ लाख ६८ हजार रुपैयाँ रकम घटेर १३ अर्ब ६८ करोड राखेको हो।

टर्म डिपोजिट रकम घटेसँगै गत आवको ६ महिनामा ब्याज आम्दानी बापत ८५ करोड ९९ लाख कमाएकोमा ३१ लाख ५२ हजार ७९२ रुपैयाँले घटेको छ। पुस मसान्तसम्ममा कम्पनीले ८५ करोड ६७ ५७ हजार ब्याज आम्दानी गरेको छ ।

यस्तै कम्पनीले सहायक कम्पनी मार्फत १ करोड ७ लाख ७३ हजार रुपैयाँ लाभांश आम्दानी र अन्य ग्राहकहरुसँगबाट ७ लाख २६ हजार कमाएको छ ।

कम्पनीले ३४ करोड ९० लाख रुपैयाँ शेयरमा लगानी गरेको छ भने ८ करोड रुपैयाँ कर्पोरेट बण्डमा लगानी गरेको छ । यस्तै कम्पनीको सहायक कम्पनी रेमीट हाइड्रोले निमार्ण गर्ने आयोजनाहरुमा २५ करोड ५० लाख लगानी गरेको छ।