शेयर बजार पुन: सकारात्मक लयमा दैनिक डेढ अर्ब बढीको कारोबार

0
Shares

शेयर बजार परिसूचक नेप्से सामान्य उकालो लागेपनि बुधबारको बजारमा डेढ अर्ब बढीको शेयर किनबेच भएको छ । शेयर बजार सुधारका लागि सरकारले चालेका पछिल्लो पहलहरुले बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

दैनिक अर्ब बढीको कारोबार भईरहेको बजारमा गएको आइतबार र सोमबार एक अर्ब भन्दा कमको कारोबार भएको थियो । तर मंगलबारदेखि कारोबार रकममा सुधार देखिएको छ । मंगलबार एक अर्ब ५३ करोड बढीको किनबेच भएको बजारमा बुधबार पनि कारोबार रकम डेढ अर्ब नाघेको छ ।

बुधबार नेप्से सूचक ४.६० अंकले बढेर १३४५.९७ विन्दुमा पुगेको छ । १७३ कम्पनीको शेयर किनबेच भएको बजारमा १ अर्ब ५० करोड रुपैयाँ बढीको कारोबार भयो । कारोबारमा आएका १२ समूहमध्ये ३ वटा बाहेक बाँकी सबै समूहको सूचक बढ्दा समग्र बजार सकारात्मक रहेको हो।

यसदिन नागरिक लगानी कोषको सबैभन्दा बढी ९ करोड ९७ लाख बराबरको शेयर किनबेच भयो । शिवम र एनआईसी एशिया पनि उच्च कारोबार ह्ुने कम्पनीको दोस्रो र तेस्रो स्थानमा रहेका छन् र

सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सको शेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । गुराँस लघुवित्तको पनि ९.८७ प्रतिशतले मूल्य बढेको छ । सबैभन्दा धेरै मूल्य घट्नेमा युनाइटेड मोदी हाइड्रोपावर छ जसको मूल्य ३.५४ प्रतिशतले घटेको छ ।