चालु आर्थिक बर्षको बजेटको आकार डेढ खर्बले घट्यो

0
Shares

सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । चालु वर्षको अर्धबार्षिक समीक्षा गर्दै अर्थमन्त्रालयले बजेटको आकार झण्डै डेढ खर्बले घटाएको हो ।

बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक बर्षको बजेट १३ खर्ब ८५ अर्ब ९६ करोड कायम गरिएको जानकारी दिए। संशोधित बजेट चालु आवमा विनियोजित कूल बजेटभन्दा १ खर्ब ४७ अर्ब कम हो।

सरकारले चालु आर्थिक बर्षको लागि गत जेठ १५ मा घोषणा गरेको बजेटको आकार १५ खर्ब ३२ अर्ब ९६ करोड थियो ।

अर्थतन्त्री खतिवडाले अर्थतन्त्रका समग्र सूचक यस अवधिमा सन्तोषजनक रहेको बताउँदै चालु बजेटको पूँजीगत खर्च ८० प्रतिशत, चालू खर्च ९५ प्रतिशत, वित्तीय व्यवस्थातर्फ ९२ प्रतिशत, कुल खर्च ९० प्रतिशत र राजश्व संकलन ९०.५ प्रतिशत हुने नयाँ लक्ष्य सार्वजनिक गरे ।

अर्धवार्षिक अवधिमा पूँजीगत खर्च १५.४ प्रतिशत मात्रै भएको अर्थमन्त्री खतिवडाले बताए । राष्ट्रिय गौरवका आयोजनाहरूको खर्च समग्रमा २० प्रतिशतभन्दा तल रहेको उनको भनाई छ । सरकारले आर्थिक वृद्धिको लक्ष्य भने हेरफेर गरेको छैन् ।