देवः विकास बैंकको नाफामा ६८ लाख संकुचन

0
Shares

देवः विकास बैंक (DBBL) को चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफामा ६८ लाख १६ हजार रुपैयाँले संकुचन आएको छ।
गत आवको पुस मसान्तसम्ममा १९ करोड ४५ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको यस बैंकको नाफा चालु आवको यसै अवधिमा

घटेर १८ करोड ७७ लाख ७६ हजार रुपैयाँमा झरेको हो। बैंकको वितरण योग्य नाफा १२ करोड ३८ लाख ६२ हजार रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले २२ अर्ब ४२ करोड २५ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब २५ करोड ६४ लाख २९ हजार रुपैयाँ कर्जा लगानीबाट ५६ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

चुक्ता पूँजी तीन अर्ब १७ करोड ७१ लाख रुपैयाँ रहेको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८२ पैसा कायम भएको छ । जगेडा कोषमा ५८ करोड ८०लाख रुपैयाँ सञ्चित रहेको बैंकको प्रतिशेयर नेटवर्थ १३१.०७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १२.१० गुणा छ । बैंकको शेयरधनी कोषमा ३९ करोड ९१ लाख रुपैयाँ छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिना अवधिमा बैंकले २६ करोड ३५ लाख १६ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
यस अवधिमा बैंकको खराब कर्जा अनुपात २.९८ प्रतिशत, कोषको लागत ८.३३ प्रतिशत र आधार दर ११.०२ प्रतिशत रहेको छ ।