एसबिआई बैंकको उच्च सुरक्षित रेटिङ्ग प्राप्त ऋणपत्रको बिक्री समय लम्बियो

0
Shares

नेपाल एसबिआई बैंकले दीर्घकालीन लगानीको स्रोत जुटाउन माघ २८ गते मंगलबार देखि निष्काशन गरेको ऋणपत्रमा आवेदन गर्ने म्याद थप भएको छ ।

उक्त ऋणपत्रमा छोटो अवधिभित्र आवश्यक आवेदन नपरेपछि लामो अवधि अर्थात फागुन २८ गतेसम्म आवेदन दिन पाइने भएको छ ।

बैंकले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ। बैंकले एक हजार रुपैयाँ अंकित दरका कूल २५ लाख कित्ता ऋणपत्रको बिक्री खुला गरेको हो।

निष्काशित ऋणपत्रमध्ये एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणहरुका लागि (५० हजार कित्ता म्युचुअल फण्ड सहित) र एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।

ऋणपत्रमा लगानी गर्न इच्छुक लगानीकर्ताले सिआस्वा प्रणालीमा आबद्ध सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत आवेदन गर्न सक्नेछन्।

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिन्छ। उक्त ऋणपत्रमा फागुन २८ गतेसम्म आवेदन दिन सकिन्छ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।

दश वर्ष अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याजदर अर्ध वार्षिक रुपमा प्राप्त गर्नेछन्। बैंकले ऋणपत्र निष्कासनका लागि गरेको क्रेडिट रेटिङ्ग अनुसार उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एलएए’ रेटिङ्ग दिएको छ।

बैंकले चालु आर्थिक वर्षको पुससम्ममा एक अर्ब ७ लाख ५१ हजार रुपैयाँ खुद नाफा गरेको छ। बैंकको यो नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २ करोड २० लाख रुपैयाँले थोरै हो ।