ग्लोबल आइएमई बैंकको नयाँ शाखा खोटाङको दिक्तेलमा

0
Shares

ग्लोबल आइएमई बैंकको खोटाङ शाखा शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

उक्त शाखाको उद्घाटन संयुक्तरुपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राई र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरे।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमइ बैंकका अध्यक्ष ढकालले बैंकको नयाँ शाखाबाट अन्तर्राष्ट्रियस्तरको बैंकिङ्ग सेवा उपलब्ध हुने प्रतिवद्धता व्यक्त गरे। ढकालले सो क्षेत्रमा जम्मा भएको निक्षेप रकम सोहि क्षेत्रमानै परिचालन र शाखाले आर्जन गरेको नाफाको एक प्रतिशत रकम त्यही क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरुमा खर्च गरिने जानकारी दिए।

बैंकका वरिष्ठ नायव कार्यकारी अधिकृत महेश शर्मा ढकालले १३ वर्षअघि स्थापना भएको ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले २७० शाखा, २५६ एटिएम, ३७ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २४९ शाखा रहित बैंकिङ्ग सेवा  मार्फत १८ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको जानकारी गराए ।

कार्यक्रमा खोटाङ जिल्लाका विभिन्न सहकारी कार्यालयका प्रमुखहरु, स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय नेता तथा जिल्ला/नगर उद्योग वाणिज्य संघका पदाधिकारिहरु, स्थानीय व्यवसायी तथा स्थानीयवासीको ठूलो उपस्थिति रहेको थियो ।