भारतको शेयर बजारमा मूल्यवृद्धिको असर कायमै

0
Shares

पछिल्लो समयमा सुस्त रहेको भारतीय अर्थतन्त्रमा खुद्रा मुद्रास्फिती उच्च दरमा वढेपछि त्यसको असर शेयर बजारमा पनि देखिएको छ । मूल्यवृद्धिकै कारण बिहीबार घटेको शेयर बजार शुक्रबार पनि थामिन सकेन ।

शुक्रबार भारतीय शेयर बजारमा कारोबार सुरु हुँदा सामान्य सकारात्मक देखिएको भएपनि धेरै समय टिक्न भने सकेन । शुक्रबार बम्बै स्टक एक्सचेन्ज (विएसइ) परिसूचक सेन्सेक्स २०२ अंकले घटेको छ भने त्यसैगरी नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी ६१ अंकले घटेको छ ।

भारतीय शेयर बजार स्टक एक्सचेन्ज (विएसइ) परिसूचक सेन्सेक्स बिहीबार २०० अंक सम्मले घटेको थियो भने नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी २६.५५ अंकले घटेको थियो ।

शुक्रबार कारोबार बन्द हुँदा सेन्सेन्स २०२ अंकले घटेर ४१२५७.७४ अंकमा झरेको छ भने निफ्टी ६१ अंकले घटेर १२११३ अंकमा झरेको छ । शुक्रबार निफ्टी तथा सेन्सेक्समा सूचिकृत अधिकासं कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।