पप्पु कन्स्ट्रक्सनसहित आधा दर्जन ठेकेदार कम्पनी कालोसूचीमा

0
Shares

सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सन सहित आधा दर्जन ठेकेदारलाई कालोसूचीमा राखेको छ।

कार्यालयले पप्पु कन्स्ट्रक्सन, निशा सप्लायर्स, श्रीदेव सप्लायर्स, सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रालि, बारा कन्स्ट्रक्सन र एचबीकेसी निर्माण सेवा कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालय अनुसार पप्पु कन्स्ट्रक्सन ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ भने अन्य कम्पनीलाई भने एक–एक वर्षका लागि कालोसूचीमा राखिएको हो।

कालोसूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने जनाएको छ।