नेप्सेले लियो १४ सय अंकको उचाई, कारोबारमा पनि उत्साह

0
Shares

गएको महिनादेखि सुधारउन्मुख देखिएको शेयरबजार परिसूचक नेप्सले सोमबार १४ सय अंक पार गरेको छ ।

बजार खुलेदेखि नै तिब्र रुपमा बढेको नेप्से ३७ अंक बढेर १४ सय अंक माथि उक्लिएको हो।

बजारमा आएको सुधारले कारोबारमा पनि उत्साह देखिएको छ । कारोबार बन्द हुन एक घण्टा बाँकी रहँदै कारोबार रकम एक अर्ब ९० करोड नजिक पुगेको छ ।

यसदिन कारोबारमा आएका सबै समूहको सूचक बढेको छ । व्यापार र बीमा समूहको शेयरको माग उच्च भएको बजारमा शिवम सिमेन्टको उच्च कारोबार भएको छ ।

राष्ट्रिय बीमा कम्पनीको साधारण र संस्थापक दुवै शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । सबैभन्दा धेरै शेयरमूल्य घट्ने श्री इन्भेष्टमेन्ट कम्पनीको शेयरमूल्य पनि करिब तीन प्रतिशतले मात्र घटेको छ ।