कालिका माइक्रोमा सर्किट लाग्दा यी हुन धेरै कमाउने र गुमाउने कम्पनी

0
Shares

मंगलबारको शेयर बजार करिब दुई अंक बढ्दा एक हजार चार सयको विन्दुमा नै अडिएको छ भने दुई अर्ब १२ करोड बढीको शेयर किनबेच भएको छ । कूल १८१ कम्पनीको कारोबार भएको बजारमा १२२ कम्पनीको शेयरमुल्य घटेको छ भने ५४ कम्पनीको बढ्दा अन्यको स्थिर रह्यो।

यसदिन सबैभन्दा धेरै कालिका माइक्रो क्रेडिटको शेयर मूल्य बढेको छ । मर्जरका कारण नौ महिनापछि शेयर कारोबार खुलेको कम्पनीको माग बढ्दा सकारात्मक सर्किट लागेको छ । जसको शेयर मूल्य ९.८७ प्रतिशत अर्थात प्रतिकित्ता ६९ रुपैयाँ बढेर ७६८ रुपैयाँमा पुगेको छ । त्यस्तै घलेम्दी हाइड्रोको शेयर मूल्य पनि साढे नौ प्रतिशतले बढेर प्रतिकित्ता ६९ रुपैयाँ पुगेको छ ।

यसदिन शेयर मुल्य धेरै बढ्ने कम्पनीको सूचीमा शाइना रेसुङा, माउन्टेन हाइड्रो, राष्ट्रिय बीमा कम्पनी, बोटलर्स नेपाल तराई, एनएमबि हाइब्रिड फण्ड एल वान, कामना सेवा, जोशी हाइड्रो तथा एनएमबि बैंक शिर्ष कमाउने दश कम्पनीभित्र परेका छन् ।

त्यस्तै सबैभन्दा धेरै शेयरमूल्य लक्ष्मी लघुवित्तको घटेको छ । जसको शेयरमूल्य ५.६८ प्रतिशतले ओरालो लाग्यो। यसैगरी पाँचथर पावर, सेन्ट्रल फाइनान्स, गुह्वेश्वरी मर्चेन्ट, नेपाल फाइनान्स, नेपाल सेवा , सानिमा इक्विटी, एनएलजी इन्स्योरेन्स लगायतको शेयरमूल्य घटेको छ ।

मंगलबारको बजारमा सबैभन्दा धेरै एनआईसि एशियाको दश करोड बढीको शेयर किनबेच भयो । एनएमबि बैंक र हिमालयन डिष्टिलरीको पनि नौ करोड बढीको कारोबार भयो । ५४ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको बजारमा सबैभन्दा धेरै एनएमबि बैंकको २ लाख ३४ हजार कित्ता शेयर किनबेच भयो । शाइनको पनि २ लाख २५ हजार कित्ता खरिदबिक्री भयो ।