लाइब्रेरी व्यवस्थापनको साढे ६ लाख हेडमास्टरले झ्वाम पारेपछि…

0
Shares

गोरखाको नेपाने माध्यमिक विद्यालय, सिरानचोकका प्रधानाध्यापक शिवकुमार साह समेतले विद्यालयमा लाइब्रेरी व्यवस्थापनको लागि निकासा भएको रकम हिनामिना गरेपछि अख्तियारले मुद्धा चलाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक साह समेतले तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट लाइब्रेरी व्यवस्थापनका लागि फिक्सिङ्ग र किताब खरिद शीर्षकमा निकासा भएको ६ लाख ५० हजार रुपैयाँ हिनामिना गरेको जनाएको छ ।

प्रधानाध्यापक साहले झुठ्ठा बिल भरपाई तथा कागजातहरु तयार गरी अनुदान शीर्षकको रकम ६ लाख ५० हजार हिनामिना गरी खाई मासेको तथ्य स-प्रमाण पुष्टि हुन आएको अख्तियारको भनाई छ ।

अख्तियारले नीज साहलाई बिगो ६ लाख ५० हजार कायम गरी हानि नोक्सानीको बिगो रकम समेत असुलउपर हुन माग दाबी लिई मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।