नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच उद्योग तथा व्यवसाय प्रबर्धन सम्झौता

0
Shares

नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच उद्योग तथा व्यवसाय प्रबर्धन सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले बैक र संघका सदस्यहरुलाई, ब्यवसाय प्रबद्र्धन तथा बैकिड. सेवा सुलभ तवरवाट उपलब्ध गराउने सम्बन्धी सम्झौता हस्ताक्षर गरेका हु्न्।

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘नबिल बंैकले भक्तपुर तथा देशभर रहेका व्यवसाय र उद्योग क्षेत्रलाई संरक्षण र उन्नतीको लागि नबिल बैंक तत्पर रहनेछ । व्यवसाय र उद्योग क्षेत्रको विकासका लागि भक्तपुर उद्योग वाणिज्य संघसंग सहकार्य गर्न पाउदा हामी निकै खुशी छौं । यो सहकार्यले उद्योग वाणिज्य क्षेत्रमा आवद्ध भएका व्यवसायहरुलाई लाभ हुने विश्वास हामीले लिएका छौं ।’

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले भने, ‘भक्तपुर उद्योग वाणिज्य संघले नबिल बंैकसंग सम्झौता गरी भक्तपुरका व्यवसाय र उद्योग क्षेत्रको प्रबर्धन गर्न बैंकको साथ पाउञदा निकै खुशी लागेको छ । निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा हामी हर्षेात्शाहित भएका छौं, र बैकलाई धन्यबाद समेत ज्ञापन गर्दछौं ।’

नबिल बैंकले ११४ वटा शाखाहरु, १६६ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्दरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।