सुन चाँदीको भाउमा दैनिक रेकर्ड, किन महङ्गियो नेपालमा भाउ ?

0
Shares

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपालीमा बजारमा पनि दैनिक नयाँ नयाँ रेकर्ड बनाउन थालेको छ। सुनको भाउले फागुन ८ गते हालसम्म कायम भएको रेकर्डलाई फेरि तोडेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार छापावाला सुनको भाउ प्रतितोला ७७ हजार ६०० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला ५०० सय रुपैयाँले बढेको हो।

महासंघका अनुसार बिहीबार तेजावी सुन पनि प्रतितोला ५०० रुपैयाँले बढेर ७७ हजार ३०० रुपैयाँमा पुगेको छ। यसैगरि चाँदीको भाउमा पनि विहीबार वृद्धि भएको छ। चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ९१५ रुपैयाँ पुगेको छ।

विहेको सिजनमा सुनको भाउ दैनिक उकालो लाग्न थालेपछि कारोबार प्रभावित भएको व्यवसायीहरु बताउँछन्। अघिले वर्ष फागुनमा दैनिक ४० देखि ५० किलोसम्म सुन बिक्रि हुने गरेकोमा अहिले दैनिक २०/२२ किलोमा सिमित भएको शाक्यले बताए।

कोरोना भाईरसका कारण विश्व अर्थतन्त्र सुस्ताउँदा त्यसको असर चौतर्फी देखिएको सुन व्यवसायीहरुको भनाई छ।

विश्व बजारमा सुनको उत्पादन यथावत छ तर सुनमा लगानी गर्नेहरु बढेपछि अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १६ सय डलर नाघेको व्यवसायीहरु बताउँछन् । कोरोनाका कारण अन्तराष्ट्रिय शेयर बजार सुताएको र मानिसहरुले सुनमा लगानी गर्न खोज्दा भाउ आकासिएको व्यवसायी शाक्यले बताए।