नागरिक लगानी कोषले घोषणा गर्यो बोनस

0
Shares

नागरिक लगानी कोष (CIT) ले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ।

कम्पनीको बिहिबार बेलुका बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट २३.१६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.१६ नगद लाभांश वितरण गर्नेछ । उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

कम्पनीले अघिल्लो वर्षको नाफाबाट पनि २२ प्रतिशत नै बोनस र कर प्रयोजनका लागि नगद लाभांश वितरण गरेको थियो ।