प्रतिरोध तोडेर उकालो लागेको नेप्से १५ सय बिन्दु पछ्याउँदै

0
Shares

फागुन लागे यता प्रतिरोध बिन्दु पार गर्दे निरन्तर उच्च कारोबार हुँदै आएको नेप्सेले १५ सय विन्दुको लक्ष्य पछ्याएको छ ।

शेयर बजारले बुलिस ट्रेण्ड समातेपछि दैनिक कारोबार रकम समेत बढ्न थालेको छ । गत साता ५ कारोबार दिनमा ११ अर्ब बढीको कारोबार भएर नेप्सेमा ऐतिहासिक रेकर्ड कायम भएको थियो । त्यस्तै विहीबार एकैदिन २ अर्ब ७८ करोड बढीको शेयर किनबेच भएको थियो ।

शेयरबजारमा नयाँ लगानीकर्ताको प्रवेश र पुराना तथा अल्पकालीन कारोबारीहरुले लगानी बढाउँदा बजारमा दैनिक उच्च कारोबार हुने गरेको छ भने शेयरको माग समेत बढ्दा नेप्से समेत बढ्न थालेको छ । तर यस प्रकारको वृद्धि जोखिमयुत्त हुने विश्लेषकहरु बताउँछन् ।

आइतबार बजार खुलेको २० मिनेट नपुग्दै नेप्से सूचक ४४ अंकले १४७८ अंक नाघेको छ । यसबीचमा १३० कम्पनीका २४ करोड बराबरको शेयर किनबेच भएको छ । कालिकामाइक्रो, आरएसडिसि, स्वदेशी तथा फस्र्ट माइक्रो लगायतको शेयरमूल्य उच्चदरले बढेको छ ।