बुलिस बजारमा यस्ता छन् धेरै कारोबार गर्ने ब्रोकर कम्पनी

0
Shares

फागुन ११ गते आइतबार शेयर बजारमा ३ अर्ब ६० करोडको कारोबार हुँदा हालसम्म कै ठूलो कारोबार भएको छ। यसदिन कारोबारमा आएका १७८ कम्पनीमध्ये १४२ कम्पनीको शेयरमूल्य बढेको छ भने २७ कम्पनीको मात्र शेयरमूल्य घटेको छ।

कारोबारका आधारमा ऐतिहासिक कारोबार हुँदा कुन-कुन ब्रोकरले सबैभन्दा धेरै कारोबार गरे भन्ने चासो स्वभाविक रुपमा नै आउँछ। हेरौं कुन ब्रोकरले कति गरे कारोबार ?

आइतबारको बजारमा ब्रोकर नम्बर ५८ को नाशा सेक्युरिटी ३८ करोड ४१ लाख बढीको कारोबार गर्दै सबैभन्दा अग्र स्थानमा देखिएको छ भने ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरीटिज ५० ब्रोकरमध्ये १५ औं स्थानमा रहेको छ। यस ब्रोकरले आज कूल १७ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ।