महिला सहयात्रा लघुवित्तले घरेलु लघुवित्तलाई प्राप्ति गर्ने

0
Shares

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले र घरेलु लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ। सो सम्बन्धि सम्झौतामा आइतवार दुई कम्पनीबीच हस्ताक्षर भएको हो ।

प्राप्ति गर्ने सम्वन्धमा नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्थाहरुले एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति (एक्विजिसन) र विलय (मर्जर) सम्वन्धी नियमावली २०७३ (चौथो संशोधन २०७५) को विनियमावली ५ बमोजिम दुई कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मकवानपुर चित्लाङमा केन्द्रीय कार्यालय रहेको महिला सहयात्राको चुक्तापूँजी १२ करोड १० लाख छ भने २१ जिल्लामा ३४ शाखा सञ्जाल रहेका छन् ।

त्यसैगरी काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको घरेलु लघुवित्त वित्तीय संस्थाको चुक्तापूँजी ७ करोड रहेको छ । ११ जिल्लामा १३ ओटा शाखाबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

तीन महीनाभित्र प्राप्ति हुने गरि दुई कम्पनीबीच सम्झौता भएको बताइएको छ ।

प्राप्तिपछि कम्पनीको नाम महिला सहयात्रा घरेलु वित्तीय संस्था रहने छ भने चुक्तापूँजी २० करोड पुग्ने छ । साथै, देशभरी ७७ वटै जिल्लामा उद्यमशिलताको विकास गर्ने संस्थाको उद्देश्य रहेको छ ।