मुक्तिनाथ विकास बैंकले ल्यायो घर पूँजी र सरल व्यवसायिक कर्जा योजना

0
Shares

मुक्तिनाथ विकास बैंक (MNBBL) ले अन्य बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जालाई पुनःलगानी गर्न सकिने गरी मुक्तिनाथ घर पूँजी कर्जा सञ्चालनमा ल्याएको छ ।

बैंकले आवासीय प्रयोजनका लागि आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घर, घडेरी , घरजग्गा तथा फ्ल्याट रअपार्टमेन्टमा भएको स्व–लगानीमा डेबट लिभरेज लिने गरी ईक्वीटी फाइनान्सीङ गरिने र घर पूँजी कर्जा योजना ल्याएको छ । उक्त योजनामा आकर्षक ब्याजदरमा १५ बर्षको लागि कर्जा लिन सकिने बैंकले छ ।

यसका साथै, बैंकले मुक्तिनाथ सरल व्यवसायिक कर्जा पनि सञ्चालनमा ल्याएको छ ।

यस कर्जा विभिन्न व्यवसाय स्थापना गर्न, आधुनिकीकरण गर्न र साथै व्यवसायमा हाल भइरहेको पूँजीगत तथा चालुपूँजी स्व–लगानीमा फाइनान्सीङ लिभरेज लिने गरी उद्योग, व्यापार एंव सेवा मुलक संस्था व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने संरचना/पूर्वाधारमा लाग्ने पूँजीगत खर्चहरु परिपूर्ति र मौज्दात, आसामी, पेश्की लगायत स्थायी प्रकृतिका चालुपूँजी आवश्यकता पूरा गर्न तथा दैनिक कार्य सञ्चालनको लागि आवश्यक पर्ने अन्य कार्यशील पूँजीको लागि प्रदान गरिने जनाएको छ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ ।