क्रिकेटर पारस खड्काको रोजाइमा ‘एक्सयूभी ३००’,अग्नि ग्रुपको ब्रान्ड एम्बेसडर नियुक्त

0
Shares

नेपालका सर्वाधिक चर्चित क्रिकेट खेलाडी एवं नेपाली क्रिकेट टीमका पूर्व कप्तान पारस खडकालाई नेपालका लागि महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।

खड्कालाई ब्रान्ड एम्बेसडर घोषणा गर्न मंगलवार काठमाडौंमा आयोजित एक समारोहमा अग्नि ग्रपका कार्यकारी निर्देशक अर्जनप्रसाद शर्माले सहकार्यको घोषणा गर्दै ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस अवार्ड विजेता गाडी एक्सयूभी ३०० खड्कालाई हस्तान्तरण गरे।

अलराउन्डर क्रिकेटर खड्का, राइटह्यान्डेड ब्याट्सम्यान, राइट आर्म मिडियम फास्ट बलर तथा अफ बेक बलर हुन । अग्नि ग्रुपद्वारा आफूलाई अग्नि इन्कर्पोरेटेडको ब्रान्ड एम्बेसडर घोषणा गरिएकोमा क्रिकेटर खड्काले खुशी प्रकट गरे । ‘अग्नि ग्रुपसँग मेरो सदैव असल सम्बन्ध रहेको छ, म यो ग्रुपको डिस्ट्रिब्युटरसीप रहेको मोटरसाइकलको यसअघि नै ब्रान्ड प्रवर्द्धक रहिसकेको छु’ खड्काले भने, ‘अग्नि ग्रुपसँगको मेरो सम्बन्ध २०६४ साल सन् २००६-७ देखिकै हो, त्यसयता लामो समयदेखि मेरो अग्नि ग्रुपसंग सम्धर सम्बन्ध रहँदै आएको छ ।

हामीले आफ्नो सम्बन्धमा पूर्णव्यवासायिक र व्यक्तिगत सन्तुलन कायम राख्दै आएका छौं । यो सहकार्यबाट म निकै हर्षित छ । पेशागत कारणले एसयूभी गाडी सदैव प्राथमितकताको सूचीमा पर्ने गरेको खड्काले बताए ।

‘मेरो पेशागत कारणले एसयूभी स्पोर्टस युटिलिटी गाडी सदैव मेरो प्राथमिकता सूचीमा पर्दै आएको छ, जहाँसुकै जाँदा पनि यसमा मैले मेरो थप भारी लगेज लैजान सक्छु खड्काले भने- ‘त्यसैले म सवारी साधनका रूपमा सुरक्षा, आरामदायी र विश्वसनीयता हेर्ने गर्छ ।

सुरक्षित र शानदार फाइभस्टार रेटिङयुक्त महिन्द्राको एसयूभी एसयूभी ३०० आफूले प्राप्त गर्दा म अत्यन्ते प्रफुल्लित छ । उनले महिन्द्रा एज्यूभी ३०० का लागि अग्नि ग्रुपप्रति आभार व्यक्त गरे ।