शेयर कारोबारमा नासा सेक्युरिटीजको अग्रता, उच्च कारोबार गर्ने ब्रोकरमा खरीद भन्दा बिक्री बढी

0
Shares

शेयर बजारमा बुलिस प्रवृत्ति कायमै रहँदा यस साताको चौंथो कारोबार दिनमा पनि ब्रोकर नम्बर ५८ को नाशा सेक्युरिटीले ५० वटा बटा ब्रोकरमध्ये सबैभन्दा धेरै शेयर खरीद बिक्री गर्ने ब्रोकर कम्पनी देखिएको छ ।

उच्च कारोबार गर्ने १५ ब्रोकर कम्पनीमध्ये १० ब्रोकर कम्पनीमा बुधबार खरीद भन्दा बिक्री चाप उच्च देखिएको छ । पाँच ब्रोकरले मात्र बिक्रीभन्दा धेरे शेयर रकमको खरीद गरेका छन्।

बुलिस बजारमा कुन कुन ब्रोकरबाट धेरै शेयर कारोबार भैरहेको छ भन्ने उत्सुकता जाग्नु स्वभाविक नै हो। यसअनुसार हामीले आज ५० ब्रोकर कम्पनीमध्ये शिर्ष कारोबार गर्ने १५ ब्रोकर कम्पनीलाई समेटेर यो समाग्राी तयार पारेका छौं।

बुधबार पनि शेयर बजारमा ब्रोकर नम्बर ५८ को नाशा सेक्युरिटीले नै ४९ करोड ९८ लाख रुपैयाँको कारोबार गर्दै सबैभन्दा अग्र स्थानमा देखिएको छ।यस ब्रोकरले आज २२ करोड ९५ लाख रुपैयाँको शेयर खरीद गरेको छ भने २७ करोड ०३ लाख रुपैयाँ बराबरको शेयर बिक्री गरेको छ। यो म्याचिङ्ग कारोबार बाहेकको रकम हो।

यस ब्रोकर कम्पनीबाट आइतबार, सोमबार, मंगलबार पनि क्रमश ३८ करोड ४१ लाख, ४७ करोड ५८ लाख र ३६ करोड १ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको थियो।

यसैगरि ब्रोकर नम्बर ४४ को डायनामिक मनि चेञ्जरले दोस्रो ठूलो कारोबार गरेको छ । यस ब्रोकरले ४८ करोड ५५ लाख बराबरको शेयर कारोबार गरेको हो। जसमध्ये २३ करोड २१ लाख रुपैयाँ बराबरको खरीद गरेको छ भने २५ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर बिक्री गरेको छ ।

पचास ब्रोकर कम्पनीमध्ये पन्ध्रौं ठूलो कारोबार गर्ने ब्रोकर सुन्धारा सेक्युरिटीज रहेको छ। यस ब्रोकरले ६ करोड २७ लाखको खरीद गर्दा १३ करोड ९१ लाख रुपैयाँ बराबरको बिक्री गरेर कूल २०  करोड १७ लाख बराबरको कारोबार गरेको हो।

आज कारोबारमा आएका १८० कम्पनीमध्ये ११७ कम्पनीको शेयरमूल्य बढेको छ भने ४७ कम्पनीको शेयरमूल्य घटेको छ। नेप्से ५०.९३ अंकले बढेर १ हजार ५९६ दशमलव १३ को बिन्दुमा पुगको छ।  फागुन १४ गते बुधबार शेयर बजारमा ४ अर्ब १५ करोडको कारोबार भएको छ । गत साता ११ अर्बको शेयर कारोबार भएको शेयर बजारमा यस साताको बुधबार सहित ४ दिनमा नै कारोबार रकम १४ अर्ब नाघिसकेको छ।