छब्बिस वाणिज्य बैंकमध्ये पीई रेसियोको आधारमा कुनको शेयर सस्तो ?

0
Shares

शेयर बजारमा बुलिस ट्रेण्ड छाएपछि पछिल्लो समय वाणिज्य बैंकहरुको शेयरमूल्य पनि उकालो लाग्न थालेको छ। बीमा र लघुवित्तमा अत्याधिक उछाल आइसक्दा पनि वाणिज्य बैंक समूहमा भने अझैपनि सो अनुसार उछाल आइसकेको छैन।

फागुन १४ गते बुधबार नेपाल स्टक एक्सचेञ्जमा कारोबार भएको २६ बैंकको शेयरमूल्य र ती बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कमाएको नाफालाई आधार मानेर कुन बैंकको शेयरमूल्य कमाईको आधारमा कति गुणा महङ्गो छ भनेर यो समाग्री तयार पारिएको छ ।

  • हेरौं कुन बैंकको शेयरमूल्य कति सस्तो ?

कुनैपनि सूचीकृत कम्पनीको शेयर लगानीका लागि कति ठिक हो भनेर आधार मान्ने धेरै सूचकहरुमध्ये एउटा हो मूल्य आम्दानी अनुपात (पिई रेसियो)। यसलाई गुणामा मापन गरिने गरिन्छ।

पिई रेसियोले कुनैपनि सूचीकृत कम्पनीको शेयर उसले गर्ने कमाईका आधारमा कति महङ्गो छ भनेर जानकारी दिन्छ। धेरै गुणा पिई रेसियो हुने कम्पनीको शेयरको तुलनामा थोरै पीई रेसियो हुने कम्पनीका शेयर लगानी र प्रतिफलका लागि समेत उचित हुने गर्दछ।

शेयर बजारमा आउने बुलको तुलनामा मात्र नभई आगामी दिनमा उक्त धितोपत्रमा गरिएको लगानीबाट हुने प्रतिफलका आधारमा पनि उक्त धितोपत्र लगानीका लागि उचित हुने जानकारहरु बताउँछन्।

साधारणतया: २० गुणा वा सो भन्दा कम मूल्य आम्दानी अनुपात भएका शेयर लगानीका लागि उचित हुन्छ। मूल्य आम्दानी अनुपात २० गुणा भन्नाले सो कम्पनीको शेयर आम्दानीका हिसाबले २० गुणा महङ्गो छ भन्ने हो।

फागुन १४ गतेको शेयरमूल्यलाई आधार मान्न मूल्य आम्दानी अनुपात २० गुणाभन्दा कम हुने वाणिज्य बैंकको संख्या २० वटा रहेको छ भने १५ भन्दा कम हुनेको संख्या १५ तथा १३ भन्दा कम पिई रेसियो हुने वाणिज्य बैंकको संख्या ४ वटा रहेको छ ।

यस अवधिमा स्ट्याण्डर्ड चार्टर्डको बैंकको मूल्य आम्दानी अनुपात सबैभन्दा धेरै २५.१५ गुणा रहेको छ भने नेपाल बंगलादेश बैंकको मूल्य आम्दानी अनुपात १२.२० प्रतिशत रहेको छ । नेपाल बैंक, कुमारी बैंक र सेञ्चुरी बैंकको शेयरमूल्य पनि १३ गुणाभन्दा कम छ।