शेयर बजारमा चलखेलको प्रयासले तीब्र उतार-चढाव, कारोबार लयमै

0
Shares

यस साताको अन्तिम दिनको शेयर कारोबारमा सुरुवाती समयमा चलेखेलको प्रयास देखिएको छ ।

बजारमा नाफा बुकहरु गर्नेहरु र मूल्य घटाएर बजार प्रवेश गर्न चाहनेहरुबीच प्रतिस्पर्धा हुँदा तीब्र उतार-चढाव देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकको निर्णयविपरीत मनोनित राष्ट्रियसभा सदस्य पदमा डा. युवराज खतिवडालाई नै निरन्तरता दिने खबरले बिहीबारको शेयर बजारमा चलेखेलको प्रयास गरिएको छ । कारोबार खुलेको पहिलो ७ मिनेटमै झण्डै ४० अंकसम्म घटाइएको थियो ।

तर अर्थमन्त्री खतिवडाको नाम बेचर शेयरमा चलखेल गर्नेहरु असफल भएपछि शेयर बजारले पुन: सकारात्मक लय समातेको बजार केहिबेरमै ५३ अंक बढीले उक्लिएर १ हजार ६१० अंकसम्म पुगेको थियो । त्यसपछि भने बजार बजार पुन: ओरालो लाग्न थालेको छ। दैनिक उच्च कारोबारमा भइरहेका बेला नाफा बुकगर्नेहरु पनि बजारमा सक्रिय हुन थालेका छन्। दैनिक अर्बौ अर्बौको कारोबार भइरहेको छ।

बुधबार शेयर कारोबार रकम ४ अर्ब १५ करोडभन्दा माथि पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो । बिहीबार बजार खुलेको पहिलो आधा घण्टामा पौने अर्ब बराबरको कारोबार भईसकेको छ।